back
Hero Ad

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा आषाढ १३ गते सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभुमी न.पा. वडा नं. ०१ को पथरकोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बुद्धभुमी न.पा. वडा नं. ०१ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (प्रो. इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा नं. ०१ का वडा अध्यक्ष  तिलक बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

वि.सं.२०७९ असार १३ सोमवार १८:२९ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...