back
Hero Ad

भोलिदेखि हिमालयन हाइड्रोपावरको आईपीओ आउँदै: १ हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि अर्थात असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कुल सेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

उक्त आईपीओमा छिटोमा असार १९ गते र माग बमोजिम आवेदन नपरेको खण्डमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ असार १४ मंगलवार १८:१५ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...