back
NMB ad

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई, समितिको कार्यालय – नमोबुद्ध न.पा. ७, काभ्रेमा अवस्थित संस्थालाई खानेपानी कार्यालय सञ्चालनको लागी सहयोग स्वरुप ११ थान कुर्सी र १ थान टेबुल हस्तान्तरण गरेको छ ।

बैंकको भकुण्डेवेशी शाखा कार्यालयका प्रमुख विनोद गिरी ले संस्थाका उद्धव उद्घव प्रसाद हुमागाँई लाई उक्त सामान हस्तान्तरण गरेका हुन् । विनोद गिरीले भकुण्डेवेशी क्षेत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकोे लागी सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताएका छन् ।

उक्त कार्यक्रममा बैंकका भकुण्डेवेशी शाखाका शाखा प्रवन्धक विनोद गिरी र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तर्फबाट प्रमुख अतिथि अध्यक्ष उद्धव प्रसाद हुमागाँई र सदस्यहरु वसुनारायण श्रेष्ठ भिम कुमार मैनाली तथा अन्य सदस्यहरु सहित करिब ३५ जनाको उपस्थिति रहेको थियो । भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा हाल करिब ८०० उपभोक्ता सदस्यहरू रहेका छन् ।

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...