back
NMB ad

सहज च्यालेन्ज फण्डद्वारा राउण्ड १ का विजेता घोषणा, राउन्ड २ का लागि आवेदन खोल्यो

Kumari bank ad

काठमाडौं । सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणद्वारा जुन २८, २०२२ मा एक सम्झौता हस्ताक्षर कार्यक्रममा, सहज च्यालेन्ज फन्ड राउण्ड १ का विजेताहरूको घोषणा गरियो। १८८ आवेदनहरू मध्ये पाँच नविनतम समाधान तथा सेवा प्रदायकहरू छनोट गरिएका थिए। कठिन स्क्रीनिंग र मूल्याङ्कन प्रक्रिया पछि विजेताहरुको घोषणा गरिएको हो।

सहज च्यालेन्ज फण्ड राउण्ड १ ले प्रदेश १ मा कृषि उत्पादनहरुको व्यवस्थापन र आपूर्ति श्रृंखला सम्बन्धि चुनौति तथा बाधाहरुलाई सम्बोधन गर्ने नवप्रवर्तनात्मक र व्यवसायिक रुपमा व्यवहरिक सम्भाव्य भएका व्यवसायहरुलाई सहयोग गर्दछ। त्यसले कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण, आर्थिक मूल्य अभिवृद्धि, लगानी र रोजगारीहरूमा योगदान पुर्याउने छ। सहजले यी पाँच विजेताहरूलाई प्रस्तावित समाधानहरू प्रदेश १ मा कार्यान्वयन गर्न अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

च्यालेन्ज फण्ड, दोस्रो चरणको निजी क्षेत्रको श्रोतको सदुपयोग गर्दै डेयरी, तरकारी, अलैंची र मकै क्षेत्रमा सेवाको प्रावधान र नवप्रवर्तनमा पहुँच बढाउने संयन्त्र हो।

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण नेपाल सरकार र स्वीटजरल्याण्ड सरकारबीचको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । सहज परियोजना स्वीस सरकार विकास सहयोग (एसडीसी) को परियोजना हो र यसको कार्यान्वयन स्वीसकन्टयाक्ट (लीड एजेन्सीको रूपमा ) र वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवम विकास केन्द्र (सिप्रेड)ले संयुक्त रूपमा गर्दैछन ।

सहजले प्रदेश १ मा कृषि व्यवसायका लागि सेवा र नवप्रवर्तनमा पहुँच बढाउन वित्तीय एवम प्राविधिक सहयोग उपलब्ध गराउँछ। यसबाट साना किसानका उत्पादनको माग वृद्धि हुनेछ, तिनीहरूलाई मूल्य अभिवृद्धि आपूर्ति शृंखलामा आबद्ध गराउँछ र उच्च रोजगार तथा आयबाट ग्रामीण समुदायको उत्थानशीलतालाई बढाउँछ।

सहज च्यालेन्ज फण्डले राउन्ड २ का लागि पनि आवेदन खुला गरेको छ । एससीएफ राउन्ड २ ले प्रदेश १ को डेयरी उद्योगमा उत्पादन विविधीकरणको मुद्दालाई सम्बोधन गर्न नौलो डेयरी उत्पादनका विचारहरू खोजिरहेको छ।

वि.सं.२०७९ असार १७ शुक्रवार १४:०८ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...