काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १८ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कुल १८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।
वि.सं.२०७९ असार १७ शुक्रवार १६:३९ मा प्रकाशित