back
NMB ad

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, लाभांश पारित मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सोह्रौं वार्षिक साधारण सभा साउन ९ गते बोलाएको छ । सभामा सेयरधनीलाई कुल ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।

बैंकले ९ करोड ७९ लाख २ हजार ३३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । सभा साउन ९ गते सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्ने निर्णय भएको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

सभा प्रयोजनका लागि बैंकले असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्नेछ । यसआधारमा असार २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

वि.सं.२०७९ असार १९ आइतवार ११:२२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...