काठमाडौं । कम्पनी रजिस्टारको कार्यालयले वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका फर्म, कम्पनीलाई पाँच प्रतिशत मात्रै बुझाए सबै जरिवाना छुट दिने बताएको छ।
कार्यालयले सूचना जारी गर्दै नवीकरण नभएका कम्पनीहरुले आगामी पुस मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको ५ प्रतिहत रकम बुझाएमा बाँकी जरिवाना तथा शुल्क मिनाहा हुने व्यवस्था गरिएको जानकारी गराएको छ ।
वि.सं.२०७९ असार १९ आइतवार १५:१७ मा प्रकाशित