काठमाडौं । साताको पहिलो कारोवार दिन सेयर बजारमा हरियाली छाएको छ । गत साताको अन्तिम दुईदिनयता देखि बढ्न थालेको सेयर बजार आज ५७.६१ अंकले बढेर २०८६ को विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ ।
वि.सं.२०७९ असार १९ आइतवार १५:२५ मा प्रकाशित