back
Hero Ad

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

एजेन्सी । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ लाख ७८ हजार सातसय ४१ जना पुगेको छ ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ४७ हजार ८०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

२४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २८ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २७० को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख पन्ध्र हजार २१२ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १५ हजार ३९४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २९ लाख ७ हजार ३३७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

वि.सं.२०७९ असार २२ बुधवार १५:०६ मा प्रकाशित

You can share this post!

तपाई माछापुच्छ्रे बैंकको सेयरधनी हो ? यस्तो आयो सूचना !

तपाई माछापुच्छ्रे बैंकको सेयरधनी हो ? यस्तो आयो सूचना !

वि.सं.२०७९ भदौ २ बिहीवार १२:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले पुरानो लाभांश लिनका लागि अनुरोध गरेको...

सिमिकोटमा निर्माणाधिन होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

सिमिकोटमा निर्माणाधिन होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५९

काठमाडौं । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको...

चौंथो त्रैमासिक वित्तीय रिर्पोट: अपर सोलु हाइड्रोले बेच्यो ३८ करोड बढीको विद्युत, कस्ता छन् मुख्य सूचकहरु ?

चौंथो त्रैमासिक वित्तीय रिर्पोट: अपर सोलु हाइड्रोले बेच्यो ३८ करोड बढीको विद्युत, कस्ता छन् मुख्य सूचकहरु ?

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५१

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ४ करोड बढी...

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५१

काठमाडौं । आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी...

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

वि.सं.२०७९ भदौ २ बिहीवार ११:४२

काठमाडौं । उर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङ्गमा...

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

वि.सं.२०७९ भदौ २ बिहीवार ११:३५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक...