काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार १०० रुपैयाँ कायम छ । त्यस्तै, शुक्रबार चाँदीको भाउ १० रुपैंया घटेर एक हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।
बिहीवार चाँदी एक हजार १ सय ८५ रुपैयाँमा कारोवार भएको थियो ।
वि.सं.२०७९ असार २४ शुक्रवार ११:३६ मा प्रकाशित