back
NMB ad

आर्थिक वर्ष सकिन लाग्दा एकैदिन २५ अर्ब बढी भुक्तानी

Kumari bank ad

काठमाडौ। चालु वर्ष सकिदा सरकारले कीर्तिमानी भुक्तानी गरेको छ। शनिबार सरकारले साढे २५ अर्ब भुक्तानी भएको छ।

योसँगै सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ। शनिबार प्राय सरकारले भुक्तानी नदिने गरेपनि महालेखा नियन्त्रक कार्यालयले सूचना जारी गरी कोष तथा लेखा नियन्त्रक (कोलोनिका) लाई भुक्तानी दिन निर्णय गरेको थियो।

अब सरकारले नयाँ आर्थिक वर्ष नलागेसम्म अति जरुरी बाहेक अन्य भुक्तानी रोक्नेछ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावाली २०७७ अनुसार आर्थिक वर्ष सकिनु ७ दिन अगावै ऐनले फ्रिज हुने भनि तोकिएको रकम भुक्तानी गइसक्नु पर्नेछ।

शनिबार विकास खर्च शीर्षकमा मात्रै सरकारले १४ अर्ब ७२ करोड भुतानी दिएको छ। हालसम्म कुल विकास खर्च १ खर्ब ८९ अर्ब भएको छ। यो कुल खर्च लक्ष्यको ५० प्रतिशत मात्रै हुन आउँछ। यस्तै चालु शीर्षकमा ९ खर्ब ३८ अर्ब खर्च हुदाँ वित्तीय व्यावस्थातर्फ ९९ अर्ब ३५ करोड खर्च भएको छ।

यो वर्ष सरकारले कुल प्राप्तिको १ खर्ब ७७ अर्ब बढी खर्च गरेको छ। हालसम्म सरकारले १० खर्ब ६० अर्ब प्राप्ति गरेको छ। यस्तै खर्चतर्फ भने १२ खर्ब ३७ अर्ब खर्च गरेको छ।

वि.सं.२०७९ असार २६ आइतवार १३:१९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...