back
NMB ad

नबिल-एनबी बैंकको एकीकृत कारोबार भोलिदेखि नहुने, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । नेपाल बंगलादेश (एनबी)बैंकलाई प्राप्तिपछि नबिल बैंकले भोलि असार २७ गतेबाट सुरु गर्ने भनिएको एकीकृत कारोबार नहुने भएको छ।

दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा बैंकले सोमबार पनि बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने जानकारी गराएको हो । सो अनुसार दुवै बैंकको एकीकृत कारोबार भोलि सुरु नहुने भएको हो ।

उक्त समयमा दुवै बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने सूचनामा जनाइएको छ।

गत असार २३ गते प्रकाशित सूचनामा भने दुवै बैंकको एकीकृत कारोबार असार २७ गतेबाट हुने भनिएको थियो।

एकीकृत कारोबारका लागि दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि नबिल बैंकको असार २३ गतेदेखि असारन २७ गते कार्यालय समयअघिसम्म र नेपाल बंगलादेश बैंकको असार २३ गतेदेखि असार २७ गते कार्यालय समयअघिसम्म सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गरिने जानकारी गराइएको थियो।

वि.सं.२०७९ असार २६ आइतवार १६:३६ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...