काठमाडौं । नेपाली बजार मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन प्रतितोला छापावाल सुन ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०७९ असार २८ मंगलवार ११:३१ मा प्रकाशित