काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच गाभिने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएसँगै प्रभु लाइफको सेयर कारोबार रोक्का भएको हो ।
दुई कम्पनीबीच बिहीवार गाभिने सम्झौता भएको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पेश गरिएको सूचनामा उल्लेख छ ।
वि.सं.२०७९ असार ३१ शुक्रवार १२:०० मा प्रकाशित