काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त संस्थापक सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीबाहेक इच्छुक व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिदका लागि न्युनतम प्रतिसेयर मूल्य २०० रुपैयाँका दरले न्युनतम २ लाख कित्ता सेयर खरिदका लागि निवेदन दिन सक्नेछन् । निवेदन आजैका मितिले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा पेश गर्नुपर्नेछ ।
बैंकले यसअघि जेठ २० गते बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई उक्त संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो ।
उक्त अवधिमा कुनै पनि निवेदन प्राप्त नभएकोले बैंकले प्रचलित कानून बमोजिम पुनः बिक्रीमा ल्याएको हो ।
वि.सं.२०७९ साउन २ सोमवार ११:४८ मा प्रकाशित