काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त हुनुभएको छ ।
बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गर्नु भएका दाहाल विगत ५ वर्ष देखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गर्दै आउनु भएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो । उहाँ एन.आई.सि एसिया बैंक तथा नबिल बैंक सँग आबद्ध भएर पनि काम गरी सक्नु भएको छ ।
बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पु¥याउने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०७९ साउन २ सोमवार १२:०८ मा प्रकाशित