back
NMB ad

थप तीन कम्पनीको आईपीओ आउँदै, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । थप तीन कम्पनीले आईपीओ निष्काशन गर्ने भएका छन् । आईपीओ निकाष्शनका लागि तीन कम्पनीहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

आईपीओ निष्काशनका लागि अप्पर स्याङ्गे हाइड्रोपावर, ट्रेड टावर र रावा इनर्जी डेभलपमेण्ट कम्पनीले बोर्डमा निवेदन दिएका हुन् ।

अप्पर स्यायाङ्गे हाइड्रोपावर लिमिटेडले ८ लाख ७० हजार कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ निष्काशनको अनुमति माग्दै कम्पनीले गत असार ३१ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, ट्रेड टावर लिमिटेडले ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ आईपीओ निष्काशनका लागि कम्पनीले असार १४ गते बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यसैगरि रावा इनर्जी डेभलपमेण्टले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि असार १४ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ साउन ५ बिहीवार ०८:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...