काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।
बिमा समितिले साउन ३ गते र कम्पनी सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले पराजुलीलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।
सोही अनुसार पराजुलीले साउन ४ गते (बुधबार) देखिनै नेपाल लाइफ इन्सुरेन्सको सीइओको कार्यभार सम्हालेका छन् ।
वि.सं.२०७९ साउन ५ बिहीवार १२:१८ मा प्रकाशित