back
Hero Ad

करियर मेला हुने, सक्षम जनशक्तिलाई अन्तराष्ट्रिय कम्पनीमा जोडिने अवसर

काठमाडौं । काठमाडौंमा आउँदो शुक्रबार साउन ०६ गते करियर मेला आयोजना हुने भएको छ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने बताइएको छ ।

मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीहरु हुन् ।

ती मध्ये २० कम्पनीले मेलाकै दौरान सक्षम जनशक्तिलाई अनुबन्ध गर्ने बताइएको छ । बाँकी कम्पनीहरुले सहभागीको सिभि संकलन गरि निकट भविष्यमा अनुबन्ध गर्ने आयोजकको भनाई छ । मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङको अवसर पाउने समेत बताइएको छ ।

आईआईएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । आयोजकले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको छ । मेलामा अन्तक्र्रिया कार्यक्रम (प्यानल डिस्कसन) का साथै संस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

वि.सं.२०७९ साउन ५ बिहीवार १६:१६ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

आज २७ फागुन २०७८ शुक्रबार,थाहा पाउनुहोस् आजको राशिफल

आज २७ फागुन २०७८ शुक्रबार,थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०७९ असोज २१ शुक्रवार ०६:४५

आजको पात्रो : २७ फागुन २०७८ शुक्रबार । तद्नुसार मार्च...

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

वि.सं.२०७९ असोज २० बिहीवार २०:०६

भरतपुर । पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...