back
NMB ad

सिभिल लघुवित्तले कमायो ७ करोड ३६ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार कम्पनीले उक्त अवधिमा ७ करोड ३६ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको असार मसान्तको तुलनामा भने १३.३९ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ करोड ४९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३७.३१ प्रतिशतले वृद्धि भई २३ करोड ९६ लाख ८० हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन मुनाफा पनि १८.०६ प्रतिशतले बढेर १० करोड ८४ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड ८ लाख ७३ हजार रुपैयाँ राखेको छ ।

गत आवको असार मसानसम्ममा कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा २६ रुपैयाा ८२ पैसा रहेको यो आम्दानी गत आवको सोही अवधिमा भने घटेर २५ रुपैयाा ५६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेवटर्थ भने १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ६ शुक्रवार ११:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...