back
NMB ad

स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड–१९ महामारी तथा जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तर्क्रिरया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ–नयाँ सरुवा र नसर्ने रोगहरु बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धी र पूर्व तयारीको काम गर्नुपर्ने बताउनुभयो।

नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औंल्याउनुभयो। ‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धि अध्ययनका लागि रकम बाहिरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो।अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।‘

स्वास्थ्य क्षेत्रको क्षमता अभिबृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनतप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुने धारणा उहाँले राख्नुभयो।राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

‘उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने संख्या धेरैं छ,’ उहाँले भन्नुभयो, ‘तर, आँखा लगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहाँ आउने क्रम सुरु भएको छ। यो संख्या बृद्धी गर्न हाम्रो क्षमता अझ अभिवृद्धि हुनुपर्छ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरु बढ्ने क्रममा रहेकाले पूर्वतयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरूरी रहेको बताउनुभयो।

‘कोभिड लगायतका महामारीले गर्दा स्वास्थ्यमा मात्रै नभइ मानसिक, आर्थिक र सामाजिक लगायतका समस्याहरु पनि बल्झिएको छ,’ राष्ट्रिय सभाका सांसदहरु सहभागी कार्यक्रममा उहाँले भन्नुभयो, ‘स्वास्थ्यलगायत राष्ट्रिय समस्याबारे गम्भीर छलफल र समाधानका लागि हामीले चासो राख्नुपर्छ।‘

अध्यक्ष तिमिल्सिनाले एकातिर कोभिड विरुद्धको खोप म्याद गुज्रेर जाने अवस्था रहेको छ भने अर्कोतर्फ कतिपय नागरिकले खोप लगाउन नमानेको रिपोर्टहरु आइरहेको बताउनुभयो। यो अवस्थाको अन्त्य गर्न र शतप्रतिशत नागरिकलाई खोप लगाउनका लागि जनचेतना फैल्याउने दायित्व सरकारसँगै जनप्रतिनिधिको पनि भएको औंल्याउनुभयो।

उहाँले अहिले पनि कोभिडको जोखिम उत्तिकै रहेको बताउँदै उहाँले स्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गर्दै लक्षण देखिँदा परीक्षण गर्न आग्रहसमेत गर्नुभयो।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले देशको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय सभाले देखाएको चासो र जनस्वास्थ्यका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले अहिले सर्ने र नसर्ने रोगका कारण समस्या थपिरहेको सन्दर्भमा जनप्रतिनिधिले निर्वाह गर्ने भूमिकाले मन्त्रालयलाई मार्गनिर्देशन गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

त्यसैगरी विश्वस्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले आपत्कालिन पूर्वतयारी लाई सबल बनाउन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सांसदहरूको भूमिका महत्वपूर्ण रहेको बतउनुभयो। ‘यहाँहरूले आफ्नो पद र जिम्बेवारीमार्फत आपतकालिन पूर्वतयारी र स्वास्थ्य सुरक्षाको सुदृढीकरणको लागि वकालत तथा नेतृत्व लिनुहुन्छ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो।यो कार्यक्रममा राष्ट्रिय सभा र स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्न पाउँदा विश्व स्वास्थ्य संगठनको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

राष्ट्रिय सभाका सांसदहरू सहभागी रहनुभएको अन्तर्क्रिरया कार्यक्रममा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको छ।

वि.सं.२०७९ साउन ८ आइतवार १२:३० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...