काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा रौनकता देखिएको छ । आइतबार बजार ६१.०५ अंकले वृद्धि भएको छ ।
उक्त दिन बजार परिसुचक २०७८.५१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज २ अर्ब ७३ करोड ९ लाख ३७ हजार रुपैयाँ बराबरको ६४ लाख २३ हजार १५६ कित्ता सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेप्सेका अनुसार आज कम्पनीको ५ लाख ८ हजार ४९६ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ७८९ रुपैयाँ कायम भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८२ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ८३ हजार १३२ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ८६० रुपैयाँ पुगेको छ ।
यस्तै, उक्त दिन हिमालयन डिस्टीलरीको ६ करोड ८२ लाख ९३ हजार रुपैयाँ बराबरको १८ हजार ५६१ कित्ता, एनआईसी एशिया बैंकको ६ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको ८६ हजार ८०१ कित्ता र अरुण काबेली पावरको ६ करोड १४ लाख १३ हजार रुपैयाँ बराबरको १ लाख ३४ हजार २०९ कित्ता सेयर कारोबार भएको छ ।
वि.सं.२०७९ साउन ८ आइतवार १६:०४ मा प्रकाशित