काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसीएल) को बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार कम्पनीको ११ प्रतिशत बापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि मात्र लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ साउन ८ आइतवार १६:२१ मा प्रकाशित