back
NMB ad

विद्युतीय गाडी आयातमा उल्लेख्य वृद्धि, ५ अर्ब ३२ करोडको १ हजार ८ सयभन्दा बढी सवारी नेपाल भित्रियो

एक वर्षमा ७०८ प्रतिशतले वृद्धि, सबैभन्दा बढी चीनबाट आयात

Kumari bank ad

काठमाडौं । नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन मात्रामा आयात हुने गरेको विद्युतीय गाडी पछिल्लो समय उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कअनुसार एक वर्षमा मात्रै ५ अर्ब बढीको विद्युतीय सवारी आयात भएको हो ।

विभागका अनुसार गत आवमा विश्वका विभिन्न देशहरुबाट ५ अर्ब ३२ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको हो ।

गत वर्षको साउन महिनादेखि यस वर्षको असार मसान्तसम्ममा विभिन्न तौल क्षमताका १ हजार ८०७ वटा विद्युतीय कार,जीप र भ्यान नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालमा चीन, भारत, अमेरिका, जापान, कोरिया, फ्रान्सबाट विद्युतीय सवारीहरु आयात हुने गरेको छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ४३ करोड ९२ लाख ३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

विद्युतीय गाडी आयात अघिल्लो आवको तुलनामा भने ७०८.७८ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने ६५ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबरको २४९ वटा विद्युतीय गाडी आयात भएको थियो ।

विभागका अनुसार गत आवको असार मसान्तसम्ममा सबैभन्दा बढी चीनबाट आयात भएको छ । उक्त देशबाट गत वर्ष २ अर्ब ४५ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । जसमध्ये १०० किलोवट क्षमताका १६७ वटा र १५० देखि २०० क्षमताका ६५६ गरि कुल ८२३ वटा विद्युतीय गाडी रहेको छ ।

यस्तै, गत वर्ष भारतबाट भने १ अर्ब ७३ करोड ३५ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको छ । उक्त देशबाट गत वर्ष १०० किलोवाट क्षमताका ६९६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।

त्यसैगरि गत आवमा अमेरिकाबाट भने १ अर्ब १४ करोड ५६ लाख ६६ हजार रुपैयाँ बराबरको २५ वटा विद्युतीय गाडी आयात भएको हो । अमेरिकाबाट १०० देखि १५० किलोवाट क्षमताका १३, १०० देखि २०० किलोवाटका ६, २०० देखि ३०० किलोवाटका ४ र ३०० किलोवाट भन्दा माथिका २ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

उक्त अवधिमा कोरियाबाट भने १०० किलोवाट क्षमताको १३२ र १०० देखि २०० किलोवाट क्षमताको ५२ गरि कुल ७० करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको १८४ वटा विद्युतीय सवारी आयात भएको हो ।

गत आवमा जापानबाट १०० देखि २०० किलोवाट क्षमताका ७८ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । उक्त अवधिमा जापानबाट ३१ करोड २० लाख ३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो ।

गत वर्ष फ्रान्सबाट भने ३४ लाख ६२ हजार रुपैयाँ बराबरको एक थान मात्र विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७९ साउन ९ सोमवार १७:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...