काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।
कालिका पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सो प्रतिशत दरका ९ लाख कित्ता बोनस शेयर सूचीकृत गराएको हो । अब, उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ साउन ११ बुधवार ११:३० मा प्रकाशित