back
Hero Ad

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले सञ्चालनमा ल्यायो ‘पिच–निक’ सेवा

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन पिच–नीक सेवा संचालनमा ल्याएको छ ।

कम्पनीले प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरुबाट उनिहरुको सम्भव हुनसक्नेसम्मको उत्तम व्यावसायिक बिचारहरु लाई छानीे उक्त व्यावसायिक सोचलाई बास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ ।

साथै कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको बिशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्था मार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ ।

यो सेवा प्राय जसो सुरुवात र हुर्कने अवस्थामा रहेका कम्पनीहरूका लागि आवश्यक हुन सक्छ । भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्दछ । यो सेवा अन्तर्गत बैङ्क तथा वित्तिय संस्थाहरूमा व्यवसायिको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरू द्वारा पूजीँको उपलब्धता गराउने कम्पनीले जनाएको छ ।

त्यस्तै प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी (व्यक्तिगत लगानी) को व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने छ भने यस अन्तर्गत व्यवसायको बिकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा कार्य गरी व्यावसायीहरुको व्यावसाय संचालनको लागि सहजिकरण तथा गुणात्मक मुल्य सिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ ।

यसरी विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएका बिभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिनुभएका लगानीकर्ताहरु, उद्यमीहरु, तथा नयाँ व्यावसाय संचालन गर्न चाहने व्यावसायी र उद्यमीहरुले आफ्नो विचारहरु यस योजना अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रवारका दिन कम्पनीमा खडा गरिएको पिच–नीक डेस्कमा सम्पर्क गरी बिना कुनै शुल्क आफ्नो व्यावसायिक विचार र नवीनतम सोचहरु प्रस्तुत गर्नुभई आफुले सोचे अनुसारको व्यावसाय संचालन गर्न सक्षम गराउनु नै यसको प्रमुख उद्देश्य रहेकोले व्यावसायिक सोच भएका व्यवसायी तथा उद्यमीहरुले पनि यसबाट पूर्ण रुपमा फाईदा लिनु हुनेछ भन्ने कम्पनीले विश्वास लिएकोछ ।

महिनाको अन्तिम शुक्रबार कुनै कारणबस विदा परेमा लगत्तैको अर्को कार्यदिनमा यस कार्यक्रम सञ्चालन हुने नबिल ईन्भष्टमेण्टले जनाएकोछ ।

वि.सं.२०७९ साउन ११ बुधवार ११:४५ मा प्रकाशित

You can share this post!

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

वि.सं.२०७९ भदौ १ बुधवार १४:००

काठमाडौं । सहकारी विभागले प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र...

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली...