back
NMB ad

नेपालमा पहिलो पल्ट टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम कार्यक्रम आयोजना

Kumari bank ad

काठमाडौं । टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ ।

श्रावण ६,७ र ८ मा आयोजना गरिएको यस तीन दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी थिए जहाँ उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका थिए ।

कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिंदै तालिम सञ्चालन गरेका थिए । अमेरिकामा सन् १९२४ देखि शुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रहरूमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ म शुरु भएको हो ।

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अङ्कुर यादवले भन्नुभयो “एक कुशल नेता ले सङ्गठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नु पर्छ । हरेक वर्ष हामी ले नयाँँ प्रेरणा को साथ काम गर्नु पर्छ र यस वर्ष केही नयाँँ सिक्दै , आफु मा सकारात्मक परिवर्तन ल्याउँदै र आफु लाई सुधार्दै अघि बढ्नु पर्छ ।

सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डि टि एम रन्जित आचार्यले नेतृत्ववर्गलाई सम्बोधन गर्दै भन्नु भयो “नेता हुनु भनेको सबै भन्दा उत्कृष्ट हुनु होइन कि हिजो को आफु भन्दा आज को आफु सुधारिनु हो । र तपाईं को प्रतिस्पर्धा अरु कोही नभएर तपाईं को विगत हो । यसमा सफल हुन को लागि तपाईं मा जिम्मेवार बोध हुनु प¥यो , चनाखो हुनु प¥यो , सँधै केही न केही गरी रहनु प¥यो र आफु ले जे गरेको छ त्यसमा रमाउन सक्नु प¥यो ।

तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए । टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सिप व्यक्तिगत र व्यवसयिक जीवन मा पनि लागु गर्न सके धेरै प्रगती गर्न सकिने बताउनु भयो ।

डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डि टि एम सुमन शाक्यले कोभिडपछिको नौलो समयलाई इङ्गित गर्दै आफ्नो स्वागत मन्तव्यमा भन्नु भयो ‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँ नयाँ चुनौती हरुलाई सामना गर्न सिक्नु पर्छ र यसको मन्त्र भनेको राइज रि बिल्ड र रि भाइभ हो ।

साथै, डिस्ट्रिक्ट ४१ का डि टि एम क्लब ग्रोथ डिरेक्टर मून प्रधान र उनको समूहले तालिम कार्यक्रम को नेत्रित्व गर्नु भएको थियो . तालिम मा टोस्टमास्टर्सको बजार प्रबद्र्धन गर्न, नयाँ क्लबहरू खोल्न तथा बिषय लाई पनि प्राथमिकता दिइएको थियो

तालिम कार्यक्रम अन्तर कृयात्मक हुनु को साथै डिस्ट्रिक्ट ४१ का नव निर्वाचित डिस्ट्रिक्ट अफिसर हरु को लागि अत्यन्तै जानकारी मुलक रहेको सहभागिहरुले बताए । भारत बाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए ।

वि.सं.२०७९ साउन ११ बुधवार ११:५१ मा प्रकाशित

You can share this post!

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...