back
NMB ad

१४.८३ %ले बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा, वितरण योग्य मुनाफा २ अर्ब बढी (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवको असार मसान्तसम्म बैंकले ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा १४.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ६.३७ प्रतिशतले वृद्धि भई ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ कायम भएको छ । बैंकको यो आम्दानी अघिल्लो आवमा भने ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ३१.४१ प्रतिशतले वृद्धि भई ६ अर्ब ७२ करोड ७६ लाख १ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा भने २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १५ अर्ब ९६ करोड ६३ लाख ८७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले खराब कर्जा पनि ०.९९ प्रतिशतले घटाएर १.४७ प्रतिशतमा झारेको छ । अघिल्लो आवमा बैंकको यो कर्जा २.४६ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि झिनो वृद्धि भई २२ रुपैयाँ ३२ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ २१ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार १२:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...