back
NMB ad

तीन लघुवित्तका लगानीकर्ता मालामाल : सेयर मूल्यमा उछाल, प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । तीन लघुवित वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । बुधवार राष्ट्र उत्थानसहित तीन लघुवित्त कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको चौंथो कारोबार दिन राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६ रुपैयाँ ८० पैसाले वृद्धि भई १ हजार ६४ रुपैयाँ ८० पैसा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको १ करोड १७ लाख ५८ हजार रुपैयाँ बराबरको ११ हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ।

आज कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता २५७ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ८४४ रुपैयाँ कायम भएको छ । आज कम्पनीको ८ करोड ४८ लाख ४१ हजार रुपैयाँ बराबरको ३१ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा पनि उछाल आएको छ । आज कम्पनीको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको हो ।

आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँले वृद्धि भई २ हजार ८८० रुपैयाँ कायम भएको छ । उक्त दिन कम्पनीको ५ करोड २४ लाख २० हजार रुपैयाँ बराबरको १९ हजार १०९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार १६:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...