back
NMB ad

गुराँस लाइफ इन्स्योरेन्सद्वारा ५२ लाख ५५ हजार दाबी भुक्तानी

Kumari bank ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित  सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।

कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रिय कार्यलय बिर्तामोडले साउन १२ गते भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रम मार्फत भुक्तानी गरेको छ ।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको हो । उक्त दाबी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष गौरव सुब्बाले यो भन्दा अघिपनि गुराँस लाइफले छिटो छरीतो दाबी भुक्तानी गरेको र कम्पनी प्रति आफ्नो विश्वास झनै बढेको बताउनु भयो ।

उप–मेयर राधा कार्कीले प्रत्येक व्यक्तिले आय अनुसार बिमा गरे भविष्यको साहारा हुने र घटना घटे परिवारले राहात पाउने भएकोले जीवन बिमा अनिवार्य गर्न आफुले जनचेतना गराउने बताउनु भयो । यसै सन्दर्भमा मेयर गणेश पोखरेलले बिमा कम्पनीहरुले मृत्यु दाबी भुक्तानी अवश्य गर्छन् भन्ने कुराको विश्वास दिलाउदै दाबी भुक्तानी सहज बनाउदै लगेकोमा गुराँस लाइफ प्रति आभार प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना र मृतक प्रति श्रद्धान्जली व्यक्त गर्नुभयो ।

कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रिय प्रमुख गिरधर श्रेष्ठले व्यक्तीको मृत्युको अपुरणीय क्षतिको भरपाई नहुने तर बिमाबाट प्राप्त रकमले आश्रीत परिवारलाई सहयोग पुग्ने विचार व्यक्त गर्दै युवा अवस्थामै विमितको निधनले आफु मर्माहित भएको बताउनु भयो साथै बिमाको जनचेतना अभावले बिमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा गुराँस लाइफमा जीवन बिमा गराई ढु्रक्क हुन आग्रह गर्नुभयो ।

वि.सं.२०७९ साउन १३ शुक्रवार ११:५७ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...