back
NMB ad

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला गोष्ठीको आयोजना

Kumari bank ad

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले आज व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

छलफल गरिएका विषय नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत पहलहरूमा केन्द्रित थिए । कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समुह तथा सरकारी अधिकारीलगायतका नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनका सरोकारवालाहरूको उपस्थिति थियो ।

उक्त कार्यक्रमले काठमाडौँस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो ।

कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्घाटन मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

“अन्य धेरै देशहरू जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख सम्वाहक निजि क्षेत्र हो जसले रोजगारी सृजना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्याउँछ,” कार्यवाहक राजदूत म्यानी पी. मिक्कलरले भन्नुभयो । “त्यसबाहेक निजि क्षेत्रले उदाहरण प्रस्तुत गरी नेतृत्व गर्दछ – जिम्मेवारी र समावेशिताजस्ता मुल्यहरू प्रदर्शन गर्दै र नेपालका सबै समुदायको उत्थान गर्ने सकारात्मक प्रभाव पार्दै ।”

सो कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका-नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ बारे पनि छलफल भएको थियो।

वि.सं.२०७९ साउन १३ शुक्रवार १२:१३ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...