back
Hero Ad

रिलायबल नेपाल लाइफको नाफा २१.६५% ले बढ्यो, ३ अर्ब ७७ करोड बीमाशुल्क आर्जन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवको चौंथो त्रैमासमा कम्पनीले २७ करोड ४८ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने २१.६५ प्रतिशतले बढी हो ।

अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २७.४२ प्रतिशतले वृद्धि भई ३ अर्ब ७७ करोड ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौंथो त्रैमासमा कम्पनीको यो शुल्क २ अर्ब ९५ करोड ८९ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १ अर्ब ९ करोड ९ लाख २१ हजार रुपैयाँ राखेको छ । यस्तै, जीवन बीमा कोषमा ४ अर्ब ६० करोड ४९ लाख ७६ हजार र महा विपत्ति जगेडामा भने १० करोड ७३ लाख ४९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले १ अर्ब १७ करोड ४६ लाख ७५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५९ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १३:१४ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...