back
NMB ad

११ माइक्रोफाइनान्स कम्पनीको वित्तीय विवरण : तीन कम्पनीको नाफा छलाङ, कुनको प्रगति कस्तो ?

Kumari bank ad

काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

संलानमा रहेका मध्ये हालसम्म ११ वटा माइक्रोफाइनान्स कम्पनीहरुले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

हालसम्म आशा लघुवित्त, सिवाईसी लघुवित्त, श्रृजनशील लघुवित्त, मिर्मिरे लघुवित्त, एनआईसी एशिया लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, सिभिल लघुवित्त, कालिका लघुवित्त, महुली लघुवित्त र आरएसडीसी लघुवित्तले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

यी मध्ये १० वटा कम्पनीहरुको नाफा वृद्धि भएको छ भने एक कम्पनीको नाफामा गिरावट देखिएको छ ।

कम्पनीहरुको वित्तीय विवरण अनुसार गत आवमा २ अर्ब ६० लाख २६ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा २६.६५ प्रतिशतले बढी हो । अघिल्लो आवमा ती कम्पनीहरुले १ अर्ब ५८ करोड ३८ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थिए ।

गत आवमा सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा कालिका लघुवित्त वित्तीय संस्था रहेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा १३२.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

बढी नाफा वृद्धि गर्नेको दोस्रो स्थानमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त देखिएको छ । कम्पनीले गत आवमा २६ करोड ८८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा ८७.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४ करोड ३१ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, नाफा वृद्धि गर्ने कम्पनीहरुको तेस्रो स्थानमा सिवाईसी नेपाल लघुवित्त रहेको छ । कम्पनीले गत आवमा ८ करोड ३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा ५५.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।

यता, तेस्रो स्थानमा रहेको आरएसडीसी लघुवित्तले पनि गत आवमा ४८.४५ प्रतिशतले नाफा वृद्धि गरि १३ करोड ५२ लाख २ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको चौंथो त्रैमासमा कम्पनीको नाफा ९ करोड १० लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा एनआईसी एशिया लघुवित्तको नाफा २४.४९ प्रतिशतले वृद्धि भई ५८ करोड ५६ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरि सिभिल लघुत्तिको नाफा १३.३८ प्रतिशत, महुली लघुवित्तको १०.०७ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको १०.०४, मिर्मिरे लघुवित्तको ८ र आशा लघुवित्तको ०.४४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा यी कम्पनीहरुले क्रमशः ७ करोड ३६ लाख ३३ हजार, १० करोड ८५ लाख ८२ हजार, २५ करोड ५ लाख २२ हजार, २० करोड ८१ लाख ९० हजार र १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएका हुन् ।

गत आवमा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको नाफामा भने गिरावट देखिएको छ । उक्त अवधिमा कम्पनीको नाफा ३४.६२ प्रतिशतले घटेर ४ करोड २९ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको चौंथो त्रैमासमा कम्पनीले ६ करोड ५७ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १६:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...