back
NMB ad

शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा यस्ता छन् फिचर, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले भन्नुभयो, टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ ।

ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ ।

रेड्मी १०एको ठूलो 6.53″ HD+ डिस्प्लेले भिडियो तथा तपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्दछ । अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको 3D–कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ ।

यसमा रहेको १३ एमपि मेन क्यामेरा र एमपि देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

रेड्मी १०ए मा पावर अपको लागि मिडिया टेक हेलियो जि २५ प्रोसेसर जडित छ जुन 2.0GHz सम्मको क्षमता रहेको अक्टा–कोर CPU हो । यसमा लामो समयसम्म चल्ने छ,5,000mAh ब्याट्री जडित छ जसले तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन 10W चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।

रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्द छ । यो फोन २जिबी+३२जिबी र ३जिबी+६४जिबी स्टोरेज भेरियन्टमा आउँदछ, जसको मूल्य क्रमशः रु. १३,९९९ र रु. १५,९९९ रहेको छ । रेड्मी १०ए १३ श्रावन २०७९ देखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुनेछ ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १६:४८ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...