back
Hero Ad

एनआईबिएल एस क्यापिटल ११ औँ वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको साउन १४ गते (शनिबार) १० वर्ष पूरा भएको छ।

आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद सेयर निष्काशनका लागि निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा समेत कार्य गरेको छ। यो क्यापिटल हाल ५१ कम्पनीको सेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ।

क्याप्टिल योजना व्यवस्थापक रही ‘एनआईबिएल म्युचुअल फन्ड’ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फन्ड योजना सञ्चालनमा ल्याइसकेको छ। जसमध्ये एनआईबिएल समृद्धि फन्ड १ परिपक्क भई आफ्नो इकाइधनीलाई रकमसमेत फिर्ता गरिसकेको छ।

यसका साथै नयाँ बन्दमुखी योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ नेपाल धितोपत्र बोर्डमा पेस भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ।

कम्पनीले ७०० भन्दा बढी लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवाअन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकलाई मेरो सेयर सेवासमेत प्रदान गर्दै आइरहेको छ।

१० वर्ष पूरा गरेको अवसरमा क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकलाई लक्षित गरी निम्न योजनाहरु ल्याएको छ:-

1.डिम्याटको वार्षिक नवीकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निःशुल्क नवीकरण
2.रु. १० मा मार्के एक्सपर्ट
3.व्यवस्थित लगानी योजना सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को धन्यवाद अफर (लगानीकर्तामध्येबाट १० जना भाग्यशालीलाई रु. १० हजार बराबरको इकाइ प्रदान गरिने र यी भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिने
4.एसआईपीमा दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गरिने (बास्केट अफ ह्याप्पिनेस)
यो योजना साउन १५ गतेदेखि २०७९ साल साउन २५ गतेसम्मका लागि लागु हुने क्यापिटलले जनाएको छ।

वि.सं.२०७९ साउन १५ आइतवार ११:४५ मा प्रकाशित

You can share this post!

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार सेयर बिक्रीमा, प्रतिकित्ता ३२५ रुपैयाँमा किन्ने होइन त ?

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार सेयर बिक्रीमा, प्रतिकित्ता ३२५ रुपैयाँमा किन्ने होइन त ?

वि.सं.२०७९ भदौ २ बिहीवार १४:०३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको सेयर बिक्री गर्ने...

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

वि.सं.२०७९ भदौ २ बिहीवार १३:३७

काठमाडौं । साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडको नाफा साढे ३ करोडमा...

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

वि.सं.२०७९ भदौ २ बिहीवार १३:२५

एजेन्सी । जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको...

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०६

काठमाडौं। चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति...

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

वि.सं.२०७९ भदौ २ बिहीवार १३:००

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सभा शुक्रबार हुँदैछ...

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने,  यस्तो छ कारण

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने, यस्तो छ कारण

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४३

काठमाडौं । सीडीएस एन्ड क्लियारिङ (सीडीएससी) का सम्पूर्ण सेवाहरु आज...