back
NMB ad

कस्तो छ साधना लघुवित्तको चौंथो त्रैमासिक वित्तीय विवरण ?

Kumari bank ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले साढे ११ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार गत आवमा कम्पनीले ११ करोड ६१ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा ०.८२ प्रतिशतले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड ७० लाख ९५ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १९ प्रतिशतले वृद्धि भई २८ करोड ८७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको यो आम्दानी २४ करोड २६ लाख ६८ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको गत आवमा संचालन मुनाफा १४ करोड ८० लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको यो मुनाफा ञअघिल्लो वर्षको तुलनामा भने २.६४ प्रतिशतले कमी हो ।

कम्पनीको चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १७ करोड ५७ लाख २९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने ०.१० प्रतिशतले घटाएर १.९२ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने ९ रुपैयाँ ४२ पैसाले घटेर ३६ रुपैयाँ १५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार ११:५६ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...