काठमाडौं । तीन इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यति बेला नेपाल इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४७ रुपैयाँले बढेको हो ।योसंगै कम्पनीको सेयर मूल्य ५१७ रुपैयाँ कायम भएको छ ।
यस्तै, यति बेला आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्यमा पनि उछाल आएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँ ५० पैसाले वृद्धि भई ४५६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यति बेला प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ४२९ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ साउन १५ आइतवार १३:१५ मा प्रकाशित