back
NMB ad

स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए

Kumari bank ad

स्याङ्जा । स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी र ससानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।

तुलनात्मकरुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ८९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य (पसल, व्यवसाय)तर्फ ६८४ वटा नयाँ दर्ता भएका थिए ।

उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेक्रम बढ्दो रहेको छ । आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा उद्योग तथा व्यवसाय दर्तामा कमी आएको छ । आव २०७७/७८ मा एक हजार ४७५ उद्योग दर्ता भएका थिए भने ९६६ पसल तथा व्यवसाय दर्ता भएका थिए ।

आव २०७७/७८ को तुलनामा गत आवमा ५८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २८२ दर्ता भएका थिए । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता गर्ने गरिएकाले पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नेक्रम घटेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आव मा ७९ वटा उद्योग र एक सय १० वटा वाणिज्य (पसल, व्यवसाय) को दर्ता खारेजी गरेको थियो । जिल्लामा २०७९ असार मसान्तसम्ममा आठ हजार ९१२ उद्योग दर्ता भएकामा पाँच हजार ८८३ वाणिज्य (पसल, व्यवसाय) दर्ता भई सञ्चालनमा रहेका छन् ।

कार्यालयले गत आव २०७८/७९ मा उद्योग व्यवसाय दर्ता, नवीकरण, विलम्ब शुल्क, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, लगत कट्टा तथा खारेजीजस्ता कार्यबाट रु ७० लाख चार हजार ३४५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो ।

वि.सं.२०७९ साउन १५ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...