काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
कम्पनीले सेयर कारोबार चलि रहेको समयमा बैठकले बसेको र बुक क्लोज गर्नभन्दा ७ अघि नै सूचना नदिएकाले कारोबार रोक्का गरेको हो । नेप्सेले सोही सम्वन्धमा स्पष्टीकरण समेत सोधेको छ ।
कम्पनीले गत शुक्रबार ११ बजे संचालक समितिको बैठक बसि आफ्ना सेयरधनीहरुलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निणर्य गरेको थियो ।
उक्त हकप्रद सेयर निष्काशनका लागि कम्पनीले भदौ ३ गते साधारधण सभा गर्ने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते बुक क्लोज गर्ने जानकारी साउन १४ गते मात्रै गराएको थियो ।
संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द (बुक क्लोज) गुर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधिसहितको जानकारी कम्तीमा ७ दिन अगााडि नेप्सेमा दिनुपर्ने हुन्छ ।
वि.सं.२०७९ साउन १५ आइतवार १३:३८ मा प्रकाशित