काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप दुई कम्पनीको ८६ लाख ३६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
आइतबार गरिमा विकास बैंकको १६ प्रतिशत बोनस र नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयर नेप्सेमा सेयर सूचीकृत भएको हो ।
आइतबार नेप्सेमा गरिमा विकास बैंकको ६३ लाख १७ हजार ९२.९६८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
यस्तै, उक्त दिन नेपाल फाइनान्सको २३ लाख १९ हजार ७५८.०८८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको हकप्रद सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ साउन १५ आइतवार १६:०१ मा प्रकाशित