back
NMB ad

छिमेक लघुवित्तले कमायो १ अर्ब बढी नाफा, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले १ अर्ब बढी नाफा कमाएको छ । गत आर्थिक वर्षको चौंथो त्रैमासमा कम्पनीले १ अर्ब ३ करोड ३३ लाख ८३ हजार रुपैयाँ नाफा गरेको हो ।

मंगलबार प्रकाशित कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा भने नाफामा २१.४३ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीले २ अर्ब ४९ करोड ५ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा भने कम्पनीको यो आम्दानी ११.६९ प्रतिशतले बढी हो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफामा पनि १२.५९ घटेर १ अर्ब ६० करोड ७८ लाख १९ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य मुनाफा ७६ करोड ४३ हजार ११ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ३ अर्ब ५८ करोड ३७ लाख २६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि २७ रुपैयाँ ३८ पैसाले गिरावट आई ४४ रुपैयाँ ७७ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २५४ रुपैयाँ २ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १७ मंगलवार १३:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...