काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको ३३ लाख ८३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार नेप्सेमा सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत बोनस बापतको २२ लाख २२ हजार ७१५ कित्ता र एनएमबि माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१.५० प्रतिशत बापतको ११ लाख ६० हजार ५८०.३७३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी दुवै कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ साउन १७ मंगलवार १६:४७ मा प्रकाशित