काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ ।
नबिल बैंकको साविकको नेपाल बंगलादेश बैंक लिमिटेडलाई १ः०.४३ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
वि.सं.२०७९ साउन १७ मंगलवार १७:०५ मा प्रकाशित