काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओमा मागभन्दा २५ गुणा बढी आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १५ लाख बढीले आवेदन दिएका हुन् ।
कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा २५.२२ गुणा बढी हो ।
कम्पनीले साउन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि जारी गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।
कम्पनीको आईपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकान एनआइबीएल एस क्यापिटल रहेको छ ।
वि.सं.२०७९ साउन १७ मंगलवार १८:३० मा प्रकाशित