back
NMB ad

१०३ प्रतिशतले बढ्यो बेष्ट फाइनान्सको नाफा, कस्तो छ वित्तीय प्रगति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले साढे १६ करोड बढी नाफा आर्जन गरेको छ ।

बुधवार कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १६ करोड ७२ लाख १ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा १०२.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ करोड २३ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २१.८६ प्रतिशतले वृद्धि भई १२ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा कम्पनीको संचालन मुनाफा पनि १०६.८६ प्रतिशतले वृद्धि भई २० करोड ९४ लाख १४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरण योग्य मुनाफा भने १९ करोड ६५ लाख ७५ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३७ करोड ५० लाख ७२ हजार रुपैयाँ राखेको छ ।

गत आवमा कम्पनीले खराब कर्जा पनि ह्वात्तै घटाएको छ । अघिल्लो आवमा १२.८३ प्रतिशत रहेको कम्पनीको खराब कर्जा गत आवमा भने घटाएर २.२४ प्रतिशतमा झारेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ २३ पैसाले वृद्धि भई २० रुपैयाँ १७ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २५ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १२:३८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...