back
NMB ad

एनएमबि बैंकको नाफासंगै बढ्यो प्रतिसेयर आम्दानी, यस्तो छ वित्तीय प्रगति (विवरणसहित)

Kumari bank ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले साढे तीन अर्ब बढी नाफा कमाएको छ ।

बिहीबार बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा ३६.५३प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले वृद्धि भई ६ अर्ब ५५ करोड २२ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको यो आम्दानी ५ अर्ब ६६ करोड ६ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ३६.४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा ३ अर्ब ८२ करोड १० करोड १७ हजार रुपैयाँ रहेको यो मुनाफा गत आवमा भने बढेर ५ अर्ब २१ करोड २९ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, गत आवमा बैंकको वितरण योग्य मुनाफा भने २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकले खराब कर्जा पनि ०.९४ प्रतिशतले घटाएर १.३३ प्रतिशतमा झारेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ८ अर्ब ८४ करोड ९ लाख ७५ हजार रुपैयाँ राखेको छ ।

यस्तै, बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ५५ पैसाले वृद्धि भई २० रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १०:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...