काठमाडौं । बिहीबार सुनको भाउ महंगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० सय रुपैयाँले वृद्धि भएको हो ।
साताको चौंथो कारोबार दिन सुनको भाउ ९६ हजार १०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन भने ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघले बुधवार ९४ हजार ८०० सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आजका लागि भने ९५ हजार ६०० रुपैयाँ तोकेको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच हुने महासंघले जनाएको छ ।
वि.सं.२०७९ साउन १९ बिहीवार १०:५७ मा प्रकाशित