back
NMB ad

घट्यो एक्सेल डेभलपमेन्ट बैंकको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

गत आवमा बैंकले ११ करोड ४० लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने १४.७१ प्रतिशतले कमी हो । अघिल्लो आवमा बैंकले १३ करोड ३६ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी झिनो वृद्धि भई ४५ करोड ७४ लाख ७६ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा बैंकको संचालन मुनाफा १९ करोड १८ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ३५ करोड ५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकले उक्त अवधिमा खराब कर्जा भने घटाएको छ । अघिल्लो आवमा ३.७७ प्रतिशत रहेको खराब कर्जा गत आवमा भने घटेर २.७९ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १२:४० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...