back
Hero Ad

लक्ष्मी क्यापिटलको ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड आजदेखि निष्काशन

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले आज (साउन १९ गते) बिहीबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भन बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । साउन १९ गते आज, बिहीबारबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको कार्य लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १२:४८ मा प्रकाशित

You can share this post!

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

२१ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा, बिक्री आम्दानीमा पनि गिरावट

वि.सं.२०७९ भदौ २ बिहीवार १३:३७

काठमाडौं । साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडको नाफा साढे ३ करोडमा...

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

वि.सं.२०७९ भदौ २ बिहीवार १३:२५

एजेन्सी । जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको...

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०६

काठमाडौं। चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति...

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

वि.सं.२०७९ भदौ २ बिहीवार १३:००

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सभा शुक्रबार हुँदैछ...

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने,  यस्तो छ कारण

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने, यस्तो छ कारण

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४३

काठमाडौं । सीडीएस एन्ड क्लियारिङ (सीडीएससी) का सम्पूर्ण सेवाहरु आज...

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५१

काठमाडौं । आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी...