back
Hero Ad

सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ ।

यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।

यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

यहाँ जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ ।

हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ ।

आगामी दिनमा यदि अहिलेजस्तै सङ्कट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १४:२७ मा प्रकाशित

You can share this post!

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स बीच सम्झौता

वि.सं.२०७९ भदौ २ बिहीवार ११:५१

काठमाडौं । आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी...

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

वि.सं.२०७९ भदौ २ बिहीवार ११:४२

काठमाडौं । उर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङ्गमा...

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

ग्लोबल आइएमई बैंकले सुरु गर्यो अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा

वि.सं.२०७९ भदौ २ बिहीवार ११:३५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक...

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

वि.सं.२०७९ भदौ २ बिहीवार ११:२६

काठमाडौं । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ भदौ २ बिहीवार ११:१७

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...